काठमाडौंको ठमेलमा झडप गर्दा पक्राउ परेका चार जनाविरूद्ध मुद्दा दायर भएको छ।
सरकारी वकिलको कार्यालय काठमाडौंले चार जनाविरूद्ध जिल्ला अदालत काठमाडौंमा बिहीबार मुद्दा दायर गरेको हो।
प्रहरीले साउन १५ गते बिहान ३ बजेपख ठमेलको नगरकोट दोहोरी साँझबाट सानुभाइ भनिने युवराज गुरूङलाई पक्राउ गरेको थियो।
उनीसँगै प्रहरीले दिलकुमार तुम्वापो र रविन्द्र गुरूङलाई समेत पक्राउ गरेको थियो। पछि ओम्निया क्लबका सञ्चालक राजेन्द्र गुरूङलाई पक्राउ गरेको थियो।
दिलकुमार, रविन्द्र र राजेन्द्र गुरूङको पुरानो रिसइबीका कारण झडप भएको खुलेको हो।
सानुभाइ पटकपटक पक्राउ पर्दै आएका व्यक्ति हुन्।