मुग्लिन-नारायणगढ सडकको तुइन खोलामा थप सुख्खा पहिरो खसेको छ।
सडक डिभिजन भरतपुरका अनुसार तुइन पुलनजिकको सडकमा थप सुख्खा पहिरो खसेको हो।
बिहान ४ बजे ढुंगासहितको पहिरो खसेपछि सडक दुइतर्फी नै अवरूद्ध भएको थियो।
अहिले पनि पहिरो खसिरहेका कारण सडक सञ्चालन हुन केही समय लाग्ने सडक डिभिजन भरतपुरले जनाएको छ।
सुख्खा पहिरो हटाउन बिहानै मेसिनहरू तुइन खोलामा पुर्याएको थियो। पहिरो खसिरहेका कारण अहिले पहिरो हटाउने सम्भावना छैन।
बिहानैदेखि पहिरो गएका कारण नारायणगढ-मुग्लिन खण्ड पूर्ण रूपमा अवरूद्ध बनेको छ।
सडक अवरूद्ध हुँदा काठमाडौं आउने नारायणगढ हुँदै अन्यत्र जाने सवारी साधन रोकिएका छन्।