गोरखापत्र च्यात्न र जलाउन खोजेको आरोपमा प्रहरीले सन्तोष राजावादी भनिने सन्तोषकुमार सिलवाललाई नियन्त्रणमा लिएको छ।
उनलाई मंगलबार दिउँसो काठमाडौंको माइतीघर मण्डलबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
तिजबारे गोरखापत्रको मंगलबारको अंकमा प्रकाशित समाचारलाई लिएर सिलवालले पत्रिका च्यात्ने र जलाउन खोजेको आरोप छ।
आजको गोरखापत्रको प्रथम पृष्ठमा ‘निराहार व्रतले स्वास्थ्यमा प्रतिकूल असर’ शीर्षकमा पत्रकार सरोज ढुंगेलले लेखेको समाचार प्रकाशित छ।
सिलवालले उक्त समाचारमा असन्तुष्टि जनाउँदै गोरखा पत्र च्यात्न र जलाउन खोजेको प्रहरीको भनाइ छ।
मंगलबार दिउँसो माइतीघरमा प्रदर्शन गर्ने क्रममा सिलवाललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।
उनलाई सिंहदरबार वृत्तमा राखिएको छ।
उनीविरूद्ध चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनको घटनामा पनि मुद्दा चलेको थियो।