पाँचपोखरी तेस्रो हाफ म्याराथनको उपाधि सुमन कुलुङ राई र मञ्जु राउतले जितेका छन् ।
जनै पूर्णिमाका अवसरमा ‘साहसिक खेलकूद हाम्रो अभियान, धार्मिक क्षेत्र पाँचपोखरी राष्ट्रको पहिचान’ भन्ने नाराका साथ उक्त प्रतियोगिता आयोजना गरिएको हो ।
सोलुखुम्बुका राईले २१ किलोमिटरको दूरी दुई घण्टा तीन मिनेट ४६ सेकेन्डमा पूरा गरेका हुन् । उनले ५० हजार रूपैयाँ पुरस्कार प्राप्त गरे ।
रुकुमका दुर्गा बुढामगरले दुई घण्टा पाँच मिनेट २८ सेकेन्डमा दौड पूरा गरी दोस्रो भए । उनले ३० हजार रूपैयाँ पुरस्कार पाए । तेस्रो भएका खगेन्द्र रानाभाटले दुई घण्टा आठ मिनेट ३४ सेकेन्डमा दौड पूरा गरी २० हजार रूपैयाँ पुरस्कार प्राप्त गरे ।
प्रकाश कठायत चौथो तथा गणेश ठकुरी पाँचौँ भए । उनहरुले क्रमशः १० हजार र पाँच हजार रूपैयाँ पुरस्कार प्राप्त गरे ।
महिलातर्फ राउतले निर्धारीत दूरी दुई घण्टा ५२ मिनेटमा पूरा गरिन् । उनले ५० हजार रूपेयाँ पुरस्कार प्राप्त गरिन् ।
दोस्रो भएकी राममाया बुढाले दुई घण्टा ५५ मिनेटमा दूरी पूरा गरी ३० हजार, नितु तामाङले दुई घण्टा ५९ मिनेटमा दूरी पूरा गरी तेस्रो, प्रिया तामाङले दुई घण्टा ५९ मिनेटमा दूरी पूरा गरी चौथो तथा सिर्जना तामाङले तीन घण्टा २७ मिनेटमा दूरी पूरा गरी पाँचौँ भइन् ।
पाँचपोखरी क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न र धार्मिक, सांस्कृतिक रुपले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन तीन वर्षदेखि जनै पूर्णिमाका अवसरमा पाँचपोखरीमा हाफ म्याराथन प्रतियोगिता गरिँदै आएको छ ।
सरकारको नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न प्रतियोगिता आयोजना गरिएको हो ।
विजेतालाई पूर्व कानूनमन्त्री शेरबहादुर तामाङ, प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलाललगायतले पुरस्कार वितरण गरेका थिए ।
(रासस)