काठमाडौंको सडक किनारामा बेलाबेलामा केटाकेटीदेखि युवा वर्ग स्केटिङमा दौडिरहेका भेटिन्छन्।
स्केटिङ गर्दा बढी चोटपटक लाग्ने डरले धेरैको परिवारले यो खेल खेल्न आफ्ना बच्चाहरूलाई अनुमति नदिने गरेको प्रशिक्षक उज्वल ढंगोल बताउँछन्।
‘धेरैका परिवारले सुरूमा स्केटिङलाई हातखुट्टा भाँच्ने खेलको रूपमा बुझ्छन्’ उनले भने।
स्केट खेल्नुअघि परिवारलाई धेरै फकाउन, बुझाउन परेको हरेक स्केट खेलाडीहरूको अनुभव छ।
काठमाडौंको नयाँबजारमा पनि एउटा स्केट पार्क छ। जहाँ केटाकेटीहरू आउँछन् र स्केटिङ सिक्छन्। विभिन्न कौशलको अभ्यास गर्छन्।
नेपालमा स्केटिङको धेरै प्रतियोगिताहरू हुँदैन। यो खेल मुख्य केही सहरहरूमा मात्र खेलिन्छ। नेपालले स्केटिङमा अहिलेसम्म विभिन्न देशमा चार वटा अन्तर्राष्ट्रिय सहभागिता जनाएको छ।
हेर्नुस्, सेतोपाटीका लागि विवेक राईले तयार पारेको यो भिडिओः