१९ वर्षिया युवती बिएन्का एन्ड्रीस्कुले महिला एकलतर्फको युएएस ओपन टेनिस प्रतियोगिताको उपाधि पहिलो पटक जितेकी छिन्।
उनले २३ पटककी ग्रान्डस्लाम विजेता अमेरिका खेलाडी सेरेना विलियन्सविरुद्ध जित निकालेर उपाधि जितेकी हुन्।
१५औं वरीयताका क्यानेडियन खेलाडी बिएन्काले ३७ वर्षीय सेरेनालाई ६–३ र ७–५ ले पराजित गरिन्।
पहिलो मुख्य प्रतियोगिताको उपाधि जितेपछि उनले सपना साकार भएको प्रतिक्रिया दिएकी छिन्।
उनी मुख्य उपाधि जित्ने पहिलो क्यानेडियन र सन् २००६ पछि टेनिसको मुख्य उपाधि जित्ने पहिलो टिनएजर खेलाडी बनेकी छिन्।
यसअघि रसियाकी मारिया सारापोभाले सन् २००६ मा टिनएजरमै उपाधि जितेका थिइन्।
अब पुरुष एकलका लागि आइतबार स्पेनका राफायल नाडाल र रसियाका डानिल मेडभेडेभबीच प्रतिस्पर्धा हुँदैछ।