नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण सुरू हुँन अब ८ दिन मात्र बाँकी छ। ८ फ्रेञ्चाइज टोलीबीच मंसिर १ देखि २७ गतेसम्म हुने एनपिएल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुनेछ।
यसपटकदेखि दर्शकहरूले प्यारापिटको सिटमा बसेर क्रिकेट हेर्न पाउनेछन्। गत वर्षदेखि सरकारले मैदानको स्तरोन्नती गरेर दश हजार सिट क्षमताक प्यारपिट निर्माण गरेको हो। प्यारापिटको निर्माण सकिएको छ भने रंगरोगन र सरसफाइको काम भने बाँकी नै छ।
२७ दिनमा एनपिएलका ३२ खेल हुनेछन्। तीन खेलहरू फ्लडलाइटमा राति खेलाउने क्यानको योजना छ। तर प्यारापिटको फ्लड लाइट जडानको काम भने अझै सकिएको छैन। क्यान प्रवक्ता छुम्बी लामाका अनुसार फ्लडलाइट जडान गर्ने कम्पनीले एनपिएलअघि लाइट जडान गर्ने प्रतिबद्धता जनाएको छ। जडान हुने ६ वटा फ्लडलाइट मध्ये अहिलेसम्म २ वटा मात्र पूर्ण रुपम लाइट जडान भएका छन्। अरु पोलमा लाइट हाल्ने काम भइरहेको छ। जसले गर्दा मंसिर १ अघि फ्लडलाइटको काम सकिनेमा शंका छ।
फ्लडलाइट लाइट नजडान भए भने पनि निर्धारित समयमै एनपिएल सुरु हुनेछ। निर्धारति समय फ्लडलाइट जडान नभए प्लेअफका खेल भने फ्लडलाइटमा गर्न सकिने विषयमा क्यानमा छलफल भइरहेको छ। कसैगरी फ्लडलाइट जडान गर्न नसकिएमा खेल तालिका हेरफेर हुने क्यान प्रवक्ता लामाले सेतोपाटीलाई बताए।
एनपिएलमा विराटनगर किंग्स, जनकपुर बोल्ट्स, काठमान्डु गोर्खाज, चितवन राइनोज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स गरी आठ टोलीले भिड्दैछन्। त्यसका लागि टोलीहरूले १० नेपाली राष्ट्रिय खेलाडी, एक स्थानीय खेलाडी र अधिकतम ६ जना विदेशी खेलाडी टोलीमा आबद्ध गर्न पाउने छन्। टोलीहरुले अहिले धमाधम विदेशी खेलाडी भित्र्याइरहेका छन्।
पहिलो संस्करणमा अपार दर्शकको साथ पाएको एनपिएनलमा यसपटक पनि दर्शकका साथ पाउने क्यानको अपेक्षा छ। त्यसका लागि क्यानले कीर्तिपुरस्थित त्रिवि मैदानको फेरिएको स्वरूप र चर्चित विदेशी खेलाडीबाट दर्शक तान्न प्रयत्न गर्नेछ।
तस्बिरहरूः
-1762697174.jpg)
-1762697179.jpg)
-1762697178.jpg)
-1762697178.jpg)
-1762697178.jpg)
-1762697178.jpg)
-1762697177.jpg)
-1762697177.jpg)
-1762697176.jpg)
-1762697176.jpg)
-1762697176.jpg)
-1762697176.jpg)
-1762697174.jpg)
-1762697175.jpg)
-1762697175.jpg)
-1762697174.jpg)
-1762697174.jpg)
-1762697173.jpg)
-1762697173.jpg)