नेपालमा हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत लनटेनिसका लागि समान ६–६ पुरुष/महिला खेलाडीको शुक्रबार अन्तिम छनोट गरिएको छ।
सातदोबाटोमा सम्पन्न छनोटबाट पुरुषमा एनआरएनएका संरक्षकभूषण बज्राचार्य, नेपाल आर्मीका प्रणव खनाल, गण्डकी प्रदेशका प्रदीप खड्का, एपीएफका सन्तोष खत्री, आर्मीका सम्यकभूषण वज्राचार्य र गण्डकीका नवीन मगर छनोट भए।
महिलामा एपीएफकी प्रेरणा कोइराला र सलोनी तामाङ, आर्मीका अभिलाषा विष्ट र इरा रावत तथा प्रदेश ३ का रायना शाह र प्रकृति श्रेष्ठ छानिए।
असोज २ गतेदेखि सुरु छनोटमा पुरुषतर्फ १० तथा महिलामा ७ खेलाडीले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गरेका थिए।