मित्रराष्ट्र मोरक्कोमा यहि सन २०१९ अगष्ट १६ तारिखमा भएको वर्ल्ड जिडो च्याम्पियनसिप जुनुरमा नेपालकी सोनिया भट्टले इतिहास रचेकी छन्।
सो प्रतियोगितामा सोनियाले ४८ के.जी. तौल समुहमा विश्व प्रतियोगितामा प्रथम बाउटमा मोजाम्बिकी खेलाडी मुनेमे जेनीलाई वाजारी आवासोती इप्पोनले जिद्दै नेपालको तर्फबाट जुडो खेलमा इतिहास रचेकी छिन्।
जुडो खेलबाट अहिलेसम्म विश्व प्रतियोगितामा जितेको यो नै पहिलोपटक हो।
पहिलो बाउट जितेकी सोनिया दोस्रो बाउटमा जापानकी खेलाडी वातानाबे आइकोसँग पराजित भएकी थिइन।
भट्टको तौल समुहमा विभिन्न देशका ३१ जना खेलाडी सहभागी भएका थिए। नेपाली खेलाडी भट्टलाई पराजित गर्ने जापानीज खेलाडीले पाचौँ स्थान हासिल गरेकी छिन।
त्यसैगरी बिहीबार भएको खेलमा अर्की नेपाली जुडो खेलाडी –५७ के.जी. तौल समुहकी मनिता श्रेष्ठ प्रधान ब्राजिलकी एन्ड्राडे भिक्टोरियासँग वाजारीमा पुरा समय खेली पराजित भइन्।
मनिताको तौल समुहमा विभिन्न देशका ४२ जना खेलाडी सहभागी भएका थिए।