चीनको उहानमा जारी सातौं विश्व सैनिक गृष्मकालीन खेलकुद प्रतियोगितामा नेपाली सेनाकी तुलसा खत्रीले राष्ट्रिय कीर्तिमान बनाएकी छिन्।
मंगलबार भएको महिला चार सय मिटर दौडमा उनले राष्ट्रिय कीर्तिमान बनाएकी हुन्। उनले ५९.५७ सकेण्डमा निर्धारित पार गरेकी थिइन्।
उक्त दौडमा २१ देशका प्रतिस्पर्धीले भाग लिएका थिए।
यसअघि प्रमिला रिजालको नाममा कीर्तिमान थियो। प्रमिलाले सन् २०१० मा ५९.९० सेकेण्डमा दौडिदै रेकर्ड राखेकी थिइन्।
यता महिलाको सय मिटर दौडमा सरस्वती चौधरीले व्यक्तिगत रेकर्डमा सुधार गरेकी छिन्।
उनले १२.६६ सेकेन्डमा दौड पूरा गरिन्। यस दौडमा २६ देशका खेलाडीहरुले भाग लिएका थिए ।