एभरेस्ट प्रिमियर लिग (इपिएल) काे फाइनलमा विराटनगर वारियर्सले भैरहवा ग्याडिएटर्सलाई १ सय ५० रनको लक्ष्य प्रस्तुत गरेको छ।
काठमाडौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४९ रन बनाएकाे छ। यसका लागि ओपनर अंशुमन रथले ४१ रन , कप्तान पारस खड्काले २७ र अनिल साहले २२ रन बनाए।
प्रतियोगिताको सुरुवातदेखि नै उत्कृष्ट प्रदर्शन गरेका बाबर हायात फाइनल खेलमा जम्न सकेनन्। उनी मात्र ११ रन बनाएर पेबिलियन फर्किए। अर्का ओपनर आशिफ शेख ७ रनमा आउट भए।
भैरहवाका हरिशंकर शाहले २ विकेट लिए। उनले अशंमन रथ र पारस खड्कालाई आउट गरेका थिए। त्यस्तै कृष्ण कार्कीले २ विकेट लिन सफल भए।।
अघिल्ला दुवै खेलमा विराटनगरले भैरहवालाई पराजित गरेको थियो। इपिएल विजेताले उपाधि सहित २१ लाख रुपैयाँ प्राप्त गर्नेछ।