अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले आफ्ना सबै सदस्य राष्ट्रलाई टी-२० मान्यता दिने घोषणा गरेको छ।
भारतको कोलकतामा बिहिबार बसेको आइसीसी बोर्ड बैठकको आफ्ना सबै १०४ सदस्य राष्ट्रलाई टी २० अन्तर्राष्ट्रिय मान्यता दिने निर्णय गरेको हो।
आइसिसीले महिला र पुरूषको टी-२० फर्म्याटलाई ग्लोबलाइज गर्ने वृहत उद्धेश्यका साथ यस्तो कदम चालेको बताएको छ।
अहिले १२ पूर्ण सदस्यसहित आइसीसीका १८ सदस्य राष्ट्रले टी-२० अन्तर्राष्ट्रिय मान्यता पाएका छन्। जसमा नेपालसहित नेदरल्याण्ड्स, स्कटल्याण्ड, युएई, हङकङ र ओमान अटाएका छन्।
महिलाका सबै खेललाई आगामी जुलाई १ बाट टी-२० मान्यता प्रदान गरिनेछ। यस्तै सबै पुरुष खेललाई सन् २०१९ जनवरी १ बाट टी-२० अन्तर्राष्ट्रिय मान्यता दिने आइसिसिले जनाएको छ।
यस्तै आइसीसी च्याम्पियनसिप ट्रफीको सट्टामा सन् २०२१ मा पनि टी-२० वर्ल्डकप गर्ने निर्णय गरेको छ।
आइसीसीका मिडिया एण्ड कम्युनिकेसन हेड सामी उल हसनले सन् २०१९ देखि २०२३ सम्मको फ्युचर टुर प्रोग्राम (एफटिपी) अन्तर्गत वर्ल्ड टेष्ट च्याम्पियनसिप, सन् २०२१ र २०२३ मा हुने जानकारी दिएका छ्न्।
यसमा १६ राष्ट्रले सहभागीता जनाउनेछन्।
- आइसिसि क्रिकेट विश्वकप-२०१९,२०२३
- आइसिसि विश्व टी-२०- २०२०, २०२१
- आइसिसि वर्ल्ड टेष्ट च्याम्पियनसिप फाइनल- २०२१-२०२३
- वर्ल्ड टेष्ट च्याम्पियनसिप साइकल १- २०१९-२०२१
- वर्ल्ड टेष्ट च्याम्पियनसिप साइकल २- २०२१-२०२३
- आइसिसि क्रिकेट वर्ल्ड कप क्वालिफायर लिग-२०२०-२०२२