अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसि)ले नेपाली क्रिकेटको अबको काम नयाँ विधानमा रहेर चाडै निर्वाचन गर्न आवश्यक रहेको बताएको छ ।
भारतको कोलकतामा बिहिबार बसेको आइसीसी बोर्ड बैठकले निलम्बनमा परेको नेपाल क्रिकेट संघ (क्यान) वर्तमान अवस्थाबारे अपडेट प्राप्त गरेको र एड्भाइजरी कमिटीले बनाएको विधान क्यानको विशेष साधारण सभाले पारित गरेको उल्लेख गरेको छ।
आइसीसीले अब क्यानको पुन: स्थापना हुनको लागि नयाँ संशोधित विधान अनुसार निर्वाचन हुनुपर्ने जनाएको हो।
अघिल्लो साता क्यानको विशेष साधारण सभाले नयाँ विधानमा रहेका विवादित मुद्दालाई किनारा लगाएर नयाँ विधानलाई सर्वसम्मतले पारित गरेको थियो । सोहि विधानको प्रतिलिपी आईसीसीलाई पठाएको थियो।
नेपाल क्रिकेटको विषयलाई पनि गहन रुपमा उठाउँदै क्यानको विशेष साधारण सभाले नयाँ विधान पारित गरेको र अब सोहि विधानमा रहेन नयाँ नेतृत्व चयनको बाटोमा अगाडि बढेको बताएको छ । त्यो हुन सकेमा क्यानको निलम्बन फुकुवा हुने बताएको छ ।