एसोसिएट टिम युएईले न्युजिल्यान्डसँग तीन खेल टी-२० सिरिजअन्तर्गत बिहीबार पहिलो खेल खेलेको छ।
बिहीबार राति दुबईमा भएको पहिलो खेलमा न्युजिल्यान्डले घरेलु टिमलाई १९ रनले हरायो।
टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ६ विकेटको क्षतिमा १५५ रन जोड्यो। न्युजिल्यान्डका ओपनर चाड बउस गोल्डेन डक भएका थिए। उनलाई युएईका जुनाइद सिद्धिकीले बोल्ड गरेका थिए।
अर्का ओपनर टिम सेइफर्टले भने ५५ रन जोडे। मार्क चापम्यानले १५ रन जोड्दा कोल म्याककोनचीले नटआउट ३१ रन, जेम्स नीशमले २५ रन र रचिन रवीन्द्रले नटआउट २१ रन जोडे।
बलिङमा युएईका सिद्धिकी र बासील हसीमले २-२ विकेट लिए।
१५६ रनको लक्ष्य पछ्याएको युएई १९.४ ओभरमा १३६ रनमा अलआउट भयो।
युएईका लागि ओपनर अर्यान्श शर्माले ६० रन जोडे। अर्का ओपनर मोहमद वासीम भने शून्यमै आउट भए। कप्तान वासीम पनि गोल्डन डक आउट भए। वासीम टिम साउथीको डलबिडब्लूको धरापमा परेका थिए।
युएईका लागि अर्यान्शबाहके अरु कूनै पनि ब्याटरले २० रन पनि जोड्न सकेनन्। जसमध्ये ६ ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
बलिङमा न्युजिल्यान्डका साउथीले ५ विकेट लिए भने नीसम र सान्टनरले २-२ विकेट हात पारे।
अब दोस्रो खेल भोलि दुबईमै हुनेछ।