पाकिस्तानले अफगानिस्तानविरूद्धको तीन खेलको एकदिवसीय सिरिज अन्तिम खेलअघि नै जितेको छ। बिहीबार दोस्रो खेलमा अफगानिस्तानमाथि १ विकेटको जित निकाल्दै सिरिजमा पाकिस्तानले २-० को अग्रता लियो।
श्रीलंकाको हम्बानटोटामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेटको क्षतिमा ३०० रन बनायो।
अफगानिस्तानका लागि ओपनर रहमानुल्लाह गुर्बाजले १५१ रन र उनका ओपनिङ पार्टनर इब्राहिम जार्डानले ८० रन जोडे।
बलिङमा पाकिस्तानका शाहीन शाह अफ्रिदीले २ विकेट लिए।
३०१ रनको लक्ष्य पाकिस्तानले अन्तिम बल बाँकी छदा ९ विकेट गुमाएर पार गर्यो। अन्तिम ओभरमा पाकिस्तानलाई ११ रन चाहिएको थियो भने अन्तिम दुई बलमा तीन रन चाहिएको थियो, पाकिस्तानको एक विकेट मात्र बचेको थियो। जसमा अन्तिम ओभरको पाँचौ बलमा पाकिस्तानका नसीम शाहले चौका हान्दै पाकिस्तानलाई जिताए।
नसीमले नटआउट १० रन जोडे। त्यसअघि फखर जमानले ३० रन र इमाम उल हकले ९१ रनको योगदान दिए। कप्तान बाबर अजामले ५३ रन बनाउँदा शाहब खान ४८ रनमा रनआउट भएका थिए।
बलिङमा अफगानिस्तानका फारूकीले ३ विकेट लिँदा मोहमद नाबीले २ विकेट हात पारे।