एसिया कप २०२३ अन्तर्गत पाकिस्तानविरूद्धको खेलमा नेपालले सुरूवाती दश ओभरको पावर प्लेमा उत्कृष्ट खेल देखाएको छ।
पहिलो पावर प्लेमा नेपालले पाकिस्तानका दुवै ओपनरलाई आउट गर्न सफल भयो।
नेपालका लागि करण केसीले पहिलो सफलता दिलाएका थिए। करणले फखर जमानलाई विकेटकिपर आसिफ शेखबाट १४ रनमा उत्कृष्ट क्याचमार्फत् आउट गरेका थिए।
यस्तै कप्तान रोहितकुमार पौडेलले इमाम उलहकलाई ५ रनमा रनआउट गरेका थिए।
विश्वकै शीर्ष वरीयताको टिमबिरुद्ध नेपालले पहिलो पावर ओभरमा २ विकेट लिँदा ४४ रन खर्चिएको थियो।
खेलमा पाकिस्तानले अहिले १९ ओभरमा २ विकेटको क्षतिमा ८४ रन जोडेको छ।