एसिया कप अन्तर्गत भारत र पाकिस्तानको खेल वर्षाले रोकिएको छ।
समूह ‘ए’ को दोस्रो खेलमा टस जितेको भारतले ब्याटिङ रोजेपछि पाकिस्तान बलिङमा छ।
श्रीलंकाको पल्लेकेलेमा खेलको पाचौं ओभर चलिरहँदा पानी परेपछि खेल रोकिएको छ भने पीच छोपिएको छ। वर्षा रहेलगत्तै खेल सुरू हुनेछ।
भारतका रोहित शर्मा र शुभमन गिल क्रिजमा छन्। उनीहरू १५ रन बनाउँदै सम्हालिएर खेलिरहेका छन्। पाकिस्तानका शाहिद अफ्रिदी बलिङमा छन्।
पाकिस्तानले आजको खेल जितेको खण्डमा सिधा एसिया कपको अन्तिम चारमा पुग्नेछ। उसले यसअघि नेपाललाई हराएर विजयी सुरूवात गरिसकेको छ।
चिर परिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान चार वर्षपछि एकदिवसीय क्रिकेटमा आमनेसामने भएका हुन्।
सन् २०१९ को एकदिवसीय विश्वकपमा भारत र पाकिस्तान भिडेको पछिल्लो एकदिवसीय खेल हो। सो खेलमा भारत डिएल मेडथमा ८९ रनले विजयी भएको थियो।
त्यसपछि भारत र पाकिस्तान टी-२० खेलमा मात्र प्रतिस्पर्धा गरेका थिए।
भारत र पाकिस्तानबीचको खेलमा सधैं चर्चा हुने गरेको छ। प्रत्येक खेलको छुट्टै किस्सा र कहानी बन्ने गरेका छन्।
पढ्नुस्ः भारत-पाकिस्तान क्रिकेट प्रतिस्पर्धाको रोमाञ्चक कहानी