धनुषाको जनकनन्दनी गाउँपालिकाले भारतविरूद्ध आजको खेलमा शतक/ अर्धशतक र विकेट लिने खेलाडीलाई पुरस्कृत गर्ने भएको छ।
गाउँपालिकाले अर्धशतक हान्ने खेलाडीलाई ५० हजार, शतक हान्ने खेलाडीलाई एक लाख दिने भएको छ।
गाउँपालिकाले प्रेस विज्ञप्ति जारी गर्दै श्रीलंकामा भएको एशिया कप क्रिकेट प्रतियोगिता २०२३ मा खेलाडीले ह्याट्रिक विकेट लिएमा ५० हजार रुपैयाँ दिने भएको जनाएको छ।
एशिया कपमा आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ।
नेपाली राष्ट्रिय क्रिकेट टिमको उच्च सम्मानका लागि पुरस्कार दिएर हौसला बढाउन खोजिएको विज्ञप्तिमा उल्लेख छ।