आइपिएल २०२४ का लागि भएको अक्सनमा अस्ट्रेलियालाई एकदिवसीय विश्वकप जिताएका कप्तान प्याट कमिन्स सर्वाधिक महँगा खेलाडी बनेका छन्।
उनको आधार मूल्य २ करोड भारु रहेको थियो। उनलाई भित्र्याउन सुरुमा चेन्नइ सुपरकिंग्स र मुम्बई इन्डियन्सले बोली लगाएका थिए। त्यसपछि रोयल च्यालेन्जर्स बेंग्लोर र सनराइजर्स हैदरावाद पनि प्रवेश गरेका थिए।
अन्तिमसम्म बैग्लोर र हैदरावादले बोली लगाएका थिए। जसमा हैदरावादले २०.५० करोड भारूमा भित्र्यायो। अक्सनबाट खेलाडी भित्र्याइएको अहिलेसम्मकै ठूलो रकम हो।
अघिल्लो सिजन साम कुरानलाई पञ्जाव किंग्सले १८.५० करोड भारुमा आबद्ध गरेको थियो।
अहिलेसम्म अक्सनबाट टिममा सामावेश भएका खेलाडी
रोभम्यान पावेल - राजस्थान रोयल्स- ७.४ करोड भारु
ह्यारी ब्रुक- दिल्ली क्यापिटल्स – ४ करोड भारु
ट्राभिस हेड - सनराइजर्स हैदराबाद- ६.८ करोड भारु
वानिन्दु हसरंगा - सनराइजर्स हैदरावाद- १.५ करोड भारु
रचिन रविन्द्र – चेन्नइ सुपरकिंग्स- १.८ करोड भारु
शार्दुल ठाकुर – चेन्नइ सुपरकिंग्स- ४ करोड भारु
अजमातुल्ला ओमरजाई - गुजरात टाइटन्स- ५० लाख भारु
प्याट कमिन्स- सनराइजर्स हैदरावाद- २०.५० करोड भारु
जेराल्ड कोर्ट्जे- मुम्बई इन्डियन्स- ५ करोड भारु
हर्षल पटेल - पंजाब किंग्स- ११.७५ करोड भारु
ड्यारेल मिचेल - चेन्नई सुपरकिंग्स - १४ करोड भारु
क्रिस ओएक्स- पञ्जाव किंग्स - ४.२ करोड भारु
ट्रिस्टन स्टब्स - दिल्ली क्यापिटल्स - ५० लाख भारु