आइपिएल २०२४ का लागि भएको अक्सनमा अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्क अहिलेसम्मका सर्वाधिक महँगा खेलाडी बनेका छ्न्।
उनको आधार मूल्य २ करोड भारु थियो। सुरुमा उनलाई दिल्ली क्यापिटल्स बोली लगाएको थियो। त्यसपछि मुम्बई इन्डियन्ससँगै कोलकता नाइटराइडर्स पनि अक्सनमा उत्रिएको थियो।
अन्तिममा गुजरात र कोलकताबीचको भिडन्तमा स्टार्कलाई कोलकताले भित्र्याउन सफल भयो। उनी २४.७५ करोड भारुमा कोलकतामा भित्रिएका हुन्।
यसअघि आजै अस्ट्रेलियालाई एकदिवसीय विश्वकप जिताएका कप्तान प्याट कमिन्लाई सनराइजर्स हैदरावादले २०.५० करोड भारूमा भित्र्याएको थियो।
अघिल्लो सिजन साम कुरानलाई पञ्जाव किंग्सले १८.५० करोड भारुमा आबद्ध गरेको थियो।
अहिलेसम्म अक्सनबाट टिममा सामावेश भएका खेलाडी
रोभम्यान पावेल - राजस्थान रोयल्स- ७.४ करोड भारु
ह्यारी ब्रुक- दिल्ली क्यापिटल्स – ४ करोड भारु
ट्राभिस हेड - सनराइजर्स हैदराबाद- ६.८ करोड भारु
वानिन्दु हसरंगा - सनराइजर्स हैदरावाद- १.५ करोड भारु
रचिन रविन्द्र – चेन्नइ सुपरकिंग्स- १.८ करोड भारु
शार्दुल ठाकुर – चेन्नइ सुपरकिंग्स- ४ करोड भारु
अजमातुल्ला ओमरजाई - गुजरात टाइटन्स- ५० लाख भारु
प्याट कमिन्स- सनराइजर्स हैदरावाद- २०.५० करोड भारु
जेराल्ड कोर्ट्जे- मुम्बई इन्डियन्स- ५ करोड भारु
हर्षल पटेल - पंजाब किंग्स- ११.७५ करोड भारु
ड्यारेल मिचेल - चेन्नई सुपरकिंग्स - १४ करोड भारु
क्रिस ओएक्स- पञ्जाव किंग्स - ४.२ करोड भारु
ट्रिस्टन स्टब्स - दिल्ली क्यापिटल्स - ५० लाख भारु
केएस भरत- कोलकता नाइटराइडर्स-५० लाख भारु
चेतन साकरिया- कोलकता नाइटराइडर्स-५० लाख भारु
अल्जारी जोसेफ- रोयल च्यालेन्जर्स बेंग्लोर- ११.५ करोड भारु
शिवम मावी - लखनउ सुपर जाइन्ट -६.४ करोड भारु
मिचेल स्टार्क- कोलकता नाइटराइडर्स- २४.७५ भारु
जयदेव उनाडकट - सनराइजर्स हैदरावादलाई - १.६ करोड भारु
दिलशान मदुशंका मुम्बई इन्डियन्स- ४.६ करोड भारु