घरेलु टिम वेस्ट इन्डिजविरूद्धको चौथो टी-२० खेलमा इंग्ल्यान्डले कीर्तिमानी २६७ रन बनाएको छ। इंग्ल्यान्डका लागि यो टी-२० अन्तर्राष्ट्रियमा अहिलेसम्मकै ठूलो स्कोर हो।
समग्र टिममा भने यो पाँचौ ठूलो स्कोर हो। सर्वाधि स्कोरको रेकर्ड नेपालको नाममा छ।
सर्वाधिक स्कोर टी-२०
नेपाल - ३१४/३ (मंगोलियाविरुद्ध)
अफगानिस्तान - २७८/३ (आयरल्यान्डविरुद्ध)
चेक - २७८/४ (टर्कीविरुद्ध)
मलेसिया - २६८/४ (थाइल्यान्डविरुद्ध)
इंग्ल्यान्ड- २६७/३ (वेस्ट इन्डिजविरुद्ध)
घरेलु टिमले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ३ विकेटको क्षतिमा यो स्कोर बनाएको हो।
इंग्ल्यान्डले कीर्तिमानी रन बनाउँदा ओपनर फिल साल्टले शतक प्रहार गरे। उनले टी-२० मा लगातार दोस्रो शतक प्रहार गर्ने क्रममा ५७ बलमा ७ चौका र १० छक्काको मद्दतमा ११९ रन जोडे।
साल्टका ओपनिङ पार्टनर कप्तान जोस बटलरले २९ बलमा ५५ रन जोडे भने लियाम लिभिङस्टोनले २१ बलमा नटआउट ५४ रनको योगदान गरेका थिए।
२६८ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज १५.३ ओभरमा १९२ रनमा अलआउट हुँदा खेल इंग्ल्यान्डले ७५ रनले जित्यो। यससँगै चार खेलको सिरिजमा दुई दुई को बराबरी भएको छ।
ब्याटिङमा वेस्ट इन्डिजका लागि आन्द्रे रशेलले २५ बलमा ३ चौका र ५ छक्का प्रहार गरे। बलिङमा इंग्ल्यान्डका रीस टोपलेले ३ विकेट लिए भने साम कुरान र रेहन अहमदले २-२ विकेट हात पारे।