भारतले घरेलु टिम दक्षिण अफ्रिकीसँगको ३ खेलको एकदिवसीय सिरिज २-१ ले जितेको छ।
बिहीबार तेस्रो तथा निर्णायक खेलमा ७८ रनको जित निकालेर भारतले सिरिज कब्जा गरेको हो।
भारतले दिएको २९७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४५.५ ओभरमा २१८ रनमै अलआउट भयो।
दक्षिण अफ्रिकाका लागि टोनी जोर्जीले ८१ रन जोडे पनि जितका लागि पर्याप्त भएन।
बलिङमा भारतका अर्शदिप सिंहले ४ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको भारतले ८ विकेटको नोक्सानीमा २९६ रन जोड्यो।
भारतका लागि सन्जु सामसनले १०८ रन जोडे भने तिलक बर्माले ५२ रन बनाए।