प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताको काठमाडौं छनोटमा आइतबार महावीर क्लब र न्यु भिजन क्लब विजयी भएका छन्।
दुई क्लब विजयी भएसँगै सेमिफाइनल समिकरण पूरा भयो। सेमिफाइनलमा सोमबार न्यु भिजन क्लब र ग्रेट हिमालयन क्लब तथा महावीर र सीइसीबीच प्रतिस्पर्धा हुँदैछ।
आइतबार अन्तिम चारमा स्थान पक्का गर्ने क्रमा महावीरले हिमालयन क्रिकेट एकेडेमी र न्यु भिजनले देव क्रिकेट एकेडेमीलाई हराए।
मुलपानी तल्लो मैदानमा दुई खेलाडीको शतक प्रेरित महावीरले हिमालयनमाथि १ सय २५ रनको फराकिलो जित निकाल्यो।
महावीर दिएको २ सय ८२ रनको लक्ष्य पछ्याएको हिमालयन २३.१ ओभरमा १ सय ५६ रनमा अलआउट भयो।
महावीरका लागि शरद भेषवाकरले ५ विकेट लिए ।
पहिले ब्याटिङ महावीरले निर्धारित २५ ओभरमा बिना विकेटको क्षतिमा २८१ रन बनायो।
महावीरका दुवै ओपनर शतक प्रहार गरे। राकेशकुमार कर्णले ७७ बलमा १४ चौका र ४ छक्काको मद्दतमा नटआउट १२१ रन तथा विभत्सु थापाले ७५ बलमा १० चौका र ७ छक्काको मद्दतमा नटआउट १२० रन बनाए।
दिनको पहिलो खेलमा न्युभिजन क्लबले देव क्रिकेट एकेडेमीलाई ८२ रनले पराजित गर्यो।