प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले कर्णाली प्रदेशलाई ९१ रनले पराजित गरेको छ।
यससँगै एपिएफले लगातार पाँच खेलमा जित निकाल्दै प्लेअफमा स्थान लगभग पक्का गरेको छ। कर्णाली भने लगातार पाँच खेलमा पराजित भइसकेको छ।
जितका लागि एक सय ६१ रनको लक्ष्य पछ्याएको कर्णालीले २० ओभरमा ८ विकेटको क्षतिमा ६८ रन मात्र जोड्न सक्यो। कर्णालीका लागि त्रिर्सना विश्वकर्माले सबैभन्दा बढी १९ रन जोडिन्।
बलिङमा एपिएफकी करुणा भण्डारीले ४ विकेट लिइन्।
कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको एपिएफले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै एक सय ६० रनको योगफल बनायो। एपिएफका लागि राजमति ऐरिले सर्वाधिक ६७ रनको योगदान दिइन्। उनले ५५ बल खेल्दै नौ चौका र दुई छक्काको मद्दतमा ६७ रन बनाएकी हुन् ।
ममता चौधरीले ६२ रन बनाइन् । उनले पनि समान ५५ बल खेल्दै आठ चौकाको मद्दतमा ६२ रन बनाएकी हुन्। रोमा थापाले अविजित १४ रन बनाइन । बलिङतर्फ कर्णाली प्रदेशकी त्रिर्सना विश्वकर्माले एक विकेट लिइन्।
यता कोशी प्रदेशले चौथो जित निकाल्ने क्रममा गण्डकी प्रदेशलाई ५५ रनले पराजित गरेको छ।