पर्साको वीरगञ्जमा भइरहेको नेपाल प्रो क्लब च्याम्पियनसिपको लिग चरणमा त्रिभुवन आर्मी क्लब अपराजित भएको छ।
यसअघि नै अन्तिम चारमा स्थान पक्का गरेको आर्मीले लगातार पाँच खेलमा जित निकाल्यो।
लिग चरणको अन्तिम खेलमा आर्मीले सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई २६ रनले पराजित गर्यो।
आर्मीले दिएको ११५ रनको लक्ष्य पछ्याएको एपिएफ १९ ओभरमा ८८ रनमै अलआउट भयो।
एपिएफविरुद्ध आर्मीका कुशल मल्लले १९ ओभरमा तीन विकेट लिएका थिए। कुल पाँच विकेट लिएका उनले १८ रन खर्चिए।
एपिएफका लागि कप्तान प्रदीप ऐरीले सबैभन्दा बढी २९ रन जोडे।
त्यसअघि पहिले ब्याटिङ गरेको आर्मीले ८ विकेटको क्षतिमा ११४ रन जोड्यो। आर्मीक लागि सन्तोष कार्कीले ३२ रन जोड्दा कुशल मल्लले २२ रन बनाए।
बलिङमा एपिएफका अमरसिंह रटेउलाले ५ विकेट लिए। उनले ४ ओभरमा ११ रन मात्र खर्चिए।