भारतविरूद्धको पहिलो टेस्टमा भारतमाथि घरेलु टिम दक्षिण अफ्रिकाले इनिङ्ग्स र ३२ रनको सानदार जित हात पारेको छ।
दोस्रो इनिङ्ग्समा भारतले खराब ब्याटिङ गर्दा दक्षिण अफ्रिकाले उत्कृष्ट जित निकालेको हो। दोस्रो इनिङ्ग्समा भारत केवल १३१ रनमा अलआउट भयो। जसका कारण दक्षिण अफ्रिकाले दोस्रो इनिङग्स सुरु नगरी तेस्रो दिनमै जित निकालेको हो।
भारतका लागि विराट कोहलीले सर्वाधिक ७६ रन जोड्दा शुभमन गिलले २६ रन बनाए। भारतका अरु ब्याटर दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए।
बलिङमा दक्षिण अफ्रिकाका नान्द्रे बर्गरले ४ विकेट लिए। उनले पहिलो इनिङ्ग्समा ३ विकेट लिएका थिए। यस्तै पहिलो इनिङ्ग्समा ५ विकेट लिएका कागिसो रबडाले २ विकेट लिए। दोस्रो इनिङ्ग्समा मार्को जनसनले ३ विकेट लिन सफल भए।
त्यसअघि पहिलो इनिङग्समा दक्षिण अफ्रिकाले ४०८ रन जोडेको थियो। उसका लागि डिन इलगरले १८५ रन जोडे भने जनसनले नटआउट ८४ रन जोडे। बलिङमा भारतका जसप्रित बुहराहले ४ विकेट लिए।
पहिलो इनिङ्ग्समा भारत २४५ रनमा अलआउट भएको थियो।
सेन्चुरियनमा घरेलु टिमले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको भारतका लागि केएल राहुलले शतक प्रहार गरे। उनले १०१ रन जोड्दा भारतका अरु ब्याटरले राम्रो खेल्न सकेनन्।
विराट कोहलीले ३८ रन, श्रेयस अय्यरले ३१ रन र शार्दूल ठाकुरले २४ रन बनाउदा ओपनर यसश्वी जैसवाल १७ रनमा आउट भए। भारतका अरु ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।