घरेलु टिम पर्सा क्लब ११ नेपाल प्रो क्लब च्याम्पियनसिपको फाइनलमा पुगेको छ।
शुक्रबार वीरगञ्जको नारायणी रंगशालामा त्रिभुवन आर्मी क्लबलाई ३१ रनले पराजित गर्दै पर्सा उपाध नजिक पुगेको हो।
पर्साले दिएको १०० रनको लक्ष्य पछ्याएको आर्मी १६.२ ओभरमा ६८ रनमै अलआउट भयो। उसका लागि कुशल मल्लले सबैभन्दा बढी १९ रन जोडे।
बसिर अहमदले नटआउट १० रन बनाउँदा आर्मीका अरु ब्याटर दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए।
आर्मीलाई पराजित गर्ने क्रममा पर्साका कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए। उनले ३.२ ओभरमा १३ रन मात्र खर्चिए। अनिल साह, पवन सर्राफ र सांसद मन्सुरीले २-२ विकेट लिए।
त्यसअघि आर्मीले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पर्सा २ बल खेल्न बाँकी छदा ९९ रनमा अलआउट भयो। ]
उसका लागि सांसदले १७ रन जोड्दा अनिल साह र रुपेश सिंहले १५-१५ रन तथा पवन सर्राफले ११ रन मात्र बनाए। अरु ब्याटर दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए।
बलिङमा आर्मीका सोमपाल कामीले ४ विकेट लिए भने कुशल मल्लले ३ विकेट लिन सफल भए। सोमपालले अन्तिम ओभरको दोस्रो बलमा रुपेश सिंह, तेस्रो बलमा सैफुल अन्सारी र चौथो बलमा रन्जित कुमारलाई आउट गर्दै ह्याट्रिक विकेट लिएका थिए। यद्यपी उनको ह्याट्रिकलाई आर्मीले जितमा बदल्न सकेन।