पाकिस्तानविरूद्धको तीन खेलको टेस्ट सिरिज घरेलु टिम अस्ट्रेलियाले अन्तिम खेलअघि जितेको छ। दोस्रो टेस्टमा पाकिस्तानलाई ७९ रनले पराजित गर्दै अस्ट्रेलियाले सिरिजमा २-० को अग्रता लिएको हो।
अस्ट्रेलियाले दिएको ३१७ रनको लक्ष्य पछ्याएको पाकिस्तान दोस्रो इनिङमा २३७ रनमा अलआउट हुन पुग्यो।
अस्ट्रेलियाले पाकिस्तानको अन्तिम तीन विकेट पाँच बलको अन्तरमा लिँदै खेल जितेको हो।
अन्तिम दुई विकेट मिचेल स्टार्कले लिएका थिए। स्टार्कले दोस्रो इनिङ्ग्समा ४ विकेट लिँदा पाट कमिन्सले ५ विकेट लिन सफल भए।
त्यसअघि दोस्रो इनिङ्ग्समा अस्ट्रेलियले २६२ रन जोड्दा पाकिस्तानले ३१७ रनको लक्ष्य पाएको थियो।
पहिलो इनिङ्ग्समा अस्ट्रेलियाले ३१८ रन र पाकिस्तनानले २६४ रन जोडे। दुवै इनिङ्ग्समा पाँच पाँच विकेट गरी कुल १० विकेट लिएका कमिन्स प्लेयर अफ दि म्याच भए।