क्रिकेट एक्सिलेन्स सेन्टर तेस्रो वर्षमा प्रवेश गरेको छ। सन् २०२२ जनवरी १ बाट सुरुवात गरिएको सेन्टरले दुई वर्षको अन्तरालमा ६ सयभन्दा बढीलाई क्रिकेट सिकाइसकेको छ।
बालुवाटारमा रहेको सेन्टरमा अहिले २ सयभन्दा बढीले नियमित प्रशिक्षण गर्ने गरेका छन्। यहाँ क्रिकेट सिकेका खेलाडीले अधिकांस जिल्लाबाट छनोट खेलेको सेन्टरले जनाएको छ।
सेन्टरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला/पुरुष खेलाडीले समेत अभ्यास गर्ने गरेका छन्।
उमेर समूह अन्तर्गत ५ वर्षदेखि १४ वर्षसम्मका खेलाडीहरु प्रशिक्षण लिइरहेका छन्। सेन्टरले वार्षिक रुपमा ३० जना खेलाडीलाई छात्रवृति समेत प्रदान गर्ने गरेको छ।
सेन्टरको टिमले प्रधानमन्त्री कपअन्तर्गत काठमाडौं जिल्ला छनोटमा समेत भाग लिएको थियो।
सेन्टरले महिला खेलाडीका लागि विशेष छुट दिने गरेको छ भने नेपाली राष्ट्रिय टिमबाट प्रतिनिधित्व गरिसकेका खेलाडीहरुलाई नि:शुल्क अभ्यासको व्यवस्था गरेको छ।
दुई वर्षअघि राष्ट्रिय टिमका पूर्वकप्तान तथा हाल नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्कासहित टिमले सेन्टर स्थापना गरेको हो।