सशस्त्र प्रहरी बलको एपिएफ क्लबले प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
बुधबार कीर्तिपरस्थित त्रिवि मैदानमा कोशी प्रदेशलाई ११ रनले पराजित गर्दै एपिएफ च्याम्पियन बनेको हो।
उपाधिसँगै एपिएफले पाँच लाख रुपैयाँ प्राप्त गर्यो भने कोशीले तीन लाखमा चित्त बुझायो।
विजेता : नेपाल एपिएफ क्लब (पाँच लाख रुपैयाँ)
उपविजेता : कोशी प्रदेश (तीन लाख रुपैयाँ)
इमर्जिङ खेलाडी : ज्योत्स्निका मरासिनी (गण्डकी प्रदेश)
उत्कृष्ट बलर : पूजा महतो (मधेस प्रदेश) (५० हजार रुपैयाँ)
उत्कृष्ट ब्याटर : सुमन खतिवडा (गण्डकी प्रदेश) (५० हजार रुपैयाँ)
उत्कृष्ट खेलाडी : रुबिना क्षेत्री बेलवासे (कोशी प्रदेश) (स्कुटर)
प्लेयर अफ दि फाइनल : इन्दू बर्मा (एपिएफ)