भारतविरूद्धको दोस्रो टेस्टमा घरेलु टिम दक्षिण अफ्रिका पहिलो इनिङ्ग्समा ५५ रनमै अलआउट भएको छ। यो स्कोर भारतविरूद्ध टेस्टमा विपक्षीले बनाएको सबैभन्दा कम हो।
केप टाउनमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टिमले २३.२ ओभर मात्र ब्याटिङ गर्न सक्यो।
उसका लागि कायल भेरेनले १५ रन र डेभिड बेन्डिघमले १२ रन जोडे भने अरु ब्याटर दोहोरो अंकमा रन जोड्न नपाइ आउट भए।
बलिङमा भारतका मोहमद सिराजले ६ विकेट लिए। उनले ९ ओभरमा ३ मेडन राख्दा १५ रन दिए। जसप्रित बुमराह र मुकेस कुमारले २-२ विकेट लिए।
यसअघि पहिलो टेस्टमा घरेलु टिमले जित निकालेर सिरिजमा १-० को अग्रता लिएको थियो।