आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२१-२३ को विजेता अस्ट्रेलिया फेरि आइसिसी टेस्ट टिम वरीयताको शीर्ष स्थानमा पुगेको छ।
भारतलाई पछि पार्दै अस्ट्रेलिया शीर्ष स्थानमा पुगेको हो। भारतले दक्षिण अफ्रिकासँगको सिरिजमा १-१ को बराबरी खेलेसँगै अस्ट्रेलियालाई फाइदा पुग्यो।
अस्ट्रेलियाले घरेलु मैदानमा पाकिस्तानविरुद्ध प्रभावशाली प्रदर्शनले पनि फेरि शीर्ष स्थानमा पुग्न सजिलो भएको हो।
एकदिवसीय र टी-२० वरीयतामा भने भारत शीर्ष स्थानमै छ।
- १ अस्ट्रेलिया
- २ भारत
- ३ इङ्गल्याण्ड
- ४ दक्षिण अफ्रिका
- ५ न्युजिल्याण्ड
- ६ पाकिस्तान
- ७ श्रीलंका
- ८ वेस्ट इन्डिज
- ९ बंगलादेश
- १० जिम्बाब्वे
- ११ अफगानिस्तान
- १२ आयरल्याण्ड