ललितपुरले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत बागती छनोटको उपाधि जितेको छ।
मंगलबार भएको फाइनलमा चितवनलाई ५ विकेटले पराजित गर्दै ललितपुर च्याम्पियन बनेको हो।
चितवनले दिएको १५३ रनको लक्ष्य ललितपुरले ५ विकेटको क्षतिमा ३५.५ ओभरमा पूरा गर्यो। ललितपुरको जितमा आशुतोष घिरैयाले नटआउट ८३ रन जोडे।
बलिङमा चितवनका दनिस एकबालले २ विकेट लिए।
पहिले ब्याटिङ गरेको चितवन ४५ .२ ओभरमा १५२ रनमा अलआउट भयो। उसका लागि रोशन झाले ४९ रन जोडे।
बलिङमा ललितपुरका भार्गव खनाल र विपिन आर्चायले ३-३ विकेट लिए।
छनोटमा चितवनका कृजन गुरुङ उत्कृष्ट बलर, काठमाडौंका इशान पाण्डे उत्कृष्ट ब्याटर र ललितपुरका आशुतोष घिरैया उत्कृष्ट खेलाडी घोषित भए।