नेपाल क्रिकेट संघ (क्यान) को महाप्रवन्धक नियुक्त प्रक्रिया निष्पक्ष नभएको आरोप लागेको छ।
महाप्रवन्धक नियुक्ति प्रक्रियामा रहेका नवराज कोइरालाले बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै नियुक्ति प्रक्रिया निष्पक्ष नभएको आरोप लगाएका हुन्।
उनले नियुक्ति ७२ घन्टा भित्र नसच्याए सर्वोच्न अदालत जाने समेत चेतावनी दिएका छन्।
क्यानले गत सोमबार उत्सव ढुंगानालाई महाप्रवन्धक नियुक्त गरेको थियो।
महाप्रवन्धक नियुक्त गर्दा क्यानको कार्यालयमा अन्तर्वार्ता नलिइ होटलमा लिएको, लिखित प्रश्नको स्तर सामान्य कर्मचारीलाई सोध्ने जस्तै भएको, सर्ट लिस्टमा परेको व्यक्तिहरुको नामको सूचीको सूचना नलिकालेको, शुक्रबार राति ७ बजे इमेल गरेर शनिबार ११ बजे प्रस्तुतिकरण र अन्तर्वार्ताका लागि सूचना दिएको, महाप्रवन्धक नियुक्त व्यक्ति र क्यानका सचिव पारस खड्काले बलियो नेपाल नामक संस्थामा सँगै काम गरेको जस्ता आरोप लगाएका छन्।