आइसिसी यू-१९ विश्वकप क्रिकेटमा अहिले नेपाल र न्युजिल्यान्डबीच प्रतिस्पर्धा भइरहेको छ। दक्षिण अफ्रिकामा भइरहेको प्रतिस्पर्धाको समूह 'डी' को खेलमा न्युजिल्यान्डले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ।
पहिलो १० ओभरको पावरप्लेमा कुनै विकेट नगुमाएको न्युजिल्यान्डविरुद्ध नेपालले पावरप्ले सकिए लगत्तै विकेट लिएको छ।
नेपालका लागि सुवास भण्डारीले पहिलो सफलता दिलाएका छन्। उनले १०.१ ओभरमा लुक वाट्सनलाई बोल्ड गरे। उनले १४ रन बनाउने क्रममा २५ बल खेलेर २ चौका प्रहार गरे।
न्युजिल्यान्डले पहिलो विकेट गुमाउँदा ५३ रन जोडेको स्थिति थियो।