यू-१९ विश्वकप क्रिकेट अन्तर्गत बंगलादेशविरूद्धको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ।
मंगउङ ओभलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ७.५ ओभरमा आकाश त्रिपाठीलाई गुमाएको हो।
उनी इकबाल हुसेनको बलिङमा महफुजुर रहमान रब्बीबाट क्याच आउट भएका हुन्। १३ बल खेलेका उनले ३ रन मात्रै बनाएर आउट भए।
त्रिपाठी आउट भएपछि कप्तान देव खनाल ब्याटिङमा आएका छन्।
८ ओभर सकिँदा नेपाल २ विकेट गुमाएर २८ रन बनाएर खेलिरहेको छ।
नेपालले सुपर सिक्सका दुई खेल खेल्नुअघि नै सेमिफाइनल नपुग्ने निश्चित भइसकेको छ।
त्यसकारण नेपालले आजको खेलमा दवाबमुक्त हुन पहिले ब्याटिङ रोजेको हो।