प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा एपिएफ पुग्न असफल भएको छ।
बुधबार भएको निर्णायक खेलमा कर्णालीसँग २१ रनले पराजित भएसँगै एपिएफ फाइनल पुग्न असफल भएको हो।
एपिएफ पराजित भएसँगै त्रिभुवन आर्मी क्लबको फाइनल सम्भावना बलियो भएको छ।
अंक तालिकामा अन्तिम दुई खेलअघि १४ अंक जोडेको नेपाल पुलिस फाइनल पुगिसकेको छ। अन्तिम खेलअघि १२ अंक जोडेर दोस्रो स्थानमा रहेको आर्मीको फाइनल सम्भावना बलियो छ।
अन्तिम खेलमा आर्मी भारी अन्तरले पराजित भए मात्र १२ अंक जोडेको बागमतीको फाइनल सम्भावना हुनेछ। चौथो स्थानको मधेसले १२ अंक जोड्दा एपिएफ १० अंक जोडेर पाँचौ स्थानमा छ।
बुधबार कीर्तिपुर मैदानमा पहिले ब्याटिङ गरेको कर्णाली ४४.१ ओभरमा २०६ रनमा अलआउट भयो। उसका लागि हिमांशु शाहीले ६२ रन र अर्जुन घर्तीले ५३ रन जोडे। बलिङमा एपिएफका मौसम ढकालले ३ र अमरसिंह रटेउलाले २ विकेट लिन सफल भए।
२०७ रनको लक्ष्य पछ्याएको एपिएफ ४४ ओभरमा १८५ रनमा अलआउट भयो। एपिएफका लागि आसिफले शेख शतक प्रहार गरे पनि जितका लागि पर्याप्त हुन सकेन। उनले ११२ रनमा १०८ रन जोडे। प्रधानमन्त्री कपको यो नवौं शतक हो। उनीबाहेक अरु ब्याटर नचल्दा एपिएफ पराजित भयो।
एपिएफविरुद्ध कर्णालीका प्रकाश जैसीले ४ विकेटलिए भने दिपेन्द्र रावत र उनिस सिंहले २-२ विकेट लिन सफल भए।