यू-१९ विश्वकप क्रिकेट अन्तर्गत बंगलादेशविरूद्धको खेलमा गुल्सन झा आउट भएका छन्।
खराब लयमा रहेका झा ३ रनमा आउट भएका हुन्। उनी आउट हुँदा नेपालले ३४.४ ओभरमा ५ विकेटको क्षतिमा १२१ रन जोडेको थियो। दुई ओभरपछि दिपक बोहरा पनि ३ रनमै आउट भएपछि नेपालले छैटौं विकेट पनि सस्तैमा गुमायो।
चौथो विकेटको रुपमा कप्तान देव खनाल ३५ रन जोडेर आउट भएका छन्। उनले विशाल विक्रम केसीसँग चौथो विकेटको लागि ६२ रनको साझेदारी गरे। २७.४ ओभरमा आउट भएका देवले ६० बलमा ३ चौका हिर्काए।
त्यसअघि तेस्रो विकेटको रुपमा अर्जुन कुमाल १४ रनमा आउट भएका थिए। आकास त्रिपाठी ३ रन र ओपनर विपिन रावल २ रनमा आउट भएका थिए।
नेपालले सुपर सिक्सका दुई खेल खेल्नुअघि नै सेमिफाइनल नपुग्ने निश्चित भइसकेको छ।