दक्षिण अफ्रिकामा भइरहेको आइसिसी यू-१९ विश्वकपको सेमिफाइनल समिकरण पूरा भएको छ।
शनिबार पाकिस्तानले बंगलादेशमाथि ५ रनको रोमाञ्चक जित निकालेसँगै सेमिफाइलन समिकरण पूरा भयो।
सुपर-६ को समूह-१ बाट भारत र पाकिस्तानले अन्तिम चारमा स्थान पक्का गरे। समूहमा बंगालदेश तेस्रो हुँदा न्युजिल्यान्डलाई हराएको आयरल्यान्ड चौथो भयो। न्युजिल्यान्ड पाँचौ हुँदा नेपाल अन्तिम स्थानमा रह्यो। नेपालले सुपर-६ मा भारत र बंगालदेशसँगको दुवै खेलमा पराजय भोगेको थियो। समूहमा भने नेपालले अन्तिम खेलमा अफगानिस्तानलाई हराएपछि सुपर-६ मा स्थान पक्का गरेको थियो।
यता सुपर-६ को समूह-२ बाट अस्ट्रेलिया र दक्षिण अफ्रिका अन्तिम चारमा पुगेका छन्।
समूहमा वेस्ट इन्डिज, इंग्ल्यान्ड, श्रीलंका र जिम्बावे अघि बढ्न सकेनन्।
अब सेमिफाइनलमा दक्षिण अफ्रिका र भारत मंगलबार भिड्नेछन्। बिहीबार अस्ट्रेलिया र पाकिस्तानबीच दोस्रो सेमिफाइनल हुनेछ।