घरेलु टिम भारत र इंग्ल्यान्डबीचको पाँच खेलको टेस्ट सिरिजको दोस्रो खेलमा भारतले १०६ रनको जित निकालेको छ। यससँगै सिरिजमा १-१ को बराबरी भएको छ।
भारतले दिएको ३९९ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड दोस्रो इनिङ्ग्समा २९२ रनमै अलआउट भयो।
इंग्ल्यान्डका लागि ओपनर ज्याक क्रलीले ७३ रन जोड्दा अरु ब्याटर सस्तैमा आउट भए।
बलिङमा भारतका जसप्रित बुमराहले ३ विकेट लिए। त्यसअघ पहिलो इनिङ्ग्ग्समा ६ विकेट गरी कुल ९ विकेट लिएका बुमराह प्लेयर अफ दि म्याच भए।
पहिलो इनिङ्ग्सम भारतले ३९६ रन जोडेको थियो। भारतका लागि यसश्वी जैसवालले २०९ रन जोडेका थिए। इंग्ल्यान्ड भने २५५ रनमा अलआउट भएको थियो। दोस्रो इनिङ्ग्समा भारतले २५५ रन जोडेपछि इंग्ल्यान्डले ३९९ रनको लक्ष्य पाएको थियो।