नेपालले क्यानडाविरूद्ध पहिले ब्याटिङ गर्ने भएको छ।
एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत त्रिवि मैदान कीर्तिपुरमा टस जितेर नेपालले क्यानडाविरूद्ध पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो।
२०१८ मा पहिलो पटक एकदिवसीय मान्यता पाएपछि नेपालले क्यानडासँग पहिलो एकदिवसीय खेल खेल्न लागेको हो।
एकदिवसीय फर्म्याटका खेलमा यसअघि प्रतिस्पर्धा भए पनि नेपाल र क्याडनाले पहिलो पटक एकदिवसीय मान्यता प्राप्त खेल खेल्न लागेका हुन्।
नेपालका लागि एकदिवसीय खेलमा क्यानडा १३औं प्रतिद्वन्द्वी हो।
रोहित पौडलको कप्तानीका उत्रिने नेपाली टिममा आशिफ शेख, कुशल भूर्तेल, देव खनाल, कुशल मल्ल, भीम शार्की, आरिफ शेख, पवन शर्राफ, सोमपाल कामी, रिजन ढकाल, सूर्य तामाङ, ललित राजवंशी, आकाश चन्द र अनील शाह छन्।
क्यानडाले अहिलेसम्म ८२ एकदिवसीय खेल खेल्दा २० खेलमा जित हात पारेको छ। क्यानडाले भारतबाहेक स्थायी सदस्यसँग एकदिवसीय खेल खेलिसकेको छ भने कुल २० देशसँग एकदिवसीय खेल खेलेको छ।
क्यानडा टिम हङकङ र मलेसियासँगको एकदिवसीय सिरिज खेलेपछि नेपाल आएको हो। क्यानडाले सिरिजमा सुरुवाती दुई खेलमा जित निकाल्दा फाइनलमा मलेसियासँग पराजय भोगेको थियो।
साद बिन जफलरको कप्तानीमा रहेको क्यानडामा एरोन जोनसन, डिलन हेलिगर, दिलप्रित बजवा, हर्श थाकर, कलिम साना, नवनीत धलिवाल, निकोलश किर्टन, निखिल दत्त, पर्गत सिंह, शाहिद अहमदजइ, श्रीयस मोव्वा, श्रीमन्थ वीजेरत्ने, इशरजोत सोही र उदेय भगवान छन्।