नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनिङ ब्याटर कुशल भुर्तेलले एकदिवसीय खेलमा सातौं अर्धशतक प्रहार गरेका छन्।
बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा क्याडनाविरूद्धको पहिलो एकदिवसीय खेलमा कुशलले अर्धशतक प्रहार गरेका हुन्। टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि उनले ४४ बलमा अर्धशतक पूरा गर्ने क्रममा ८ चौका र १ छक्का प्रहार गरे।
उनले अर्धशतक हिर्काउँदा नेपालले १३.४ ओभरमा १ विकेटको क्षतिमा ७१ रन जोडेको स्थिति थियो।
कुशलले एकदिवसीय खेलमा ४७ खेलमा एक हजार रन पूरा गरिसकेका छन् भने एक शतक प्रहार गरेका छन्।
उनका ओपनिङ पार्टनर आसिफ शेख ८ रनमै आउट भए। दशौं ओभरमा आउट भएका उनले १२ बलमा १ चौका हिर्काए।
यस्तै कुशलले अर्धशतक प्रहार गरे लगत्तै कप्तान रोहित पौडेल पनि ८ रनमै आउट हुँदा नेपालले दोस्रो विकेट गुमाएको छ।
नेपालले फागुन पहिलो साता आइसिसी विश्वकप लिग-२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्सविरुद्धको सिरिज खेल्नुअघि क्याडनासँग तीन खेलको एकदिवसीय सिरिज खेलेको हो।