क्यानडाविरूद्धको पहिलो एकदिवसीय खेलमा नेपालले दुवै ओपनरसहित चार विकेट गुमाएको छ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि अर्धशतक प्रहार गरेका कुशल भुर्तेल ६२ रन जोडेर आउट भएका छन्।
एकदिवसीय खेलमा सातौं अर्धशतक प्रहार गरेका उनले ५८ बलमा ९ चौका र १ छक्का प्रहार गरे।
कुलका ओपनिङ पार्टनर आसिफ शेख ८ रनमै आउट भए भने कप्तान रोहितकुमार पौडेलले पनि ८ रनभन्दा बढी जोड्न सकेनन्।
यस्तै भीम सार्की १७ रन जोड्दा चौथो विकेटको रुपमा आउट भए। नेपालले २२.३ ओभरमा ४ विकेटको क्षतिमा १०८ रन जोडेको थियो।
चार विकेट गुमाएपछि आरिफ शेख र कुशल मल्ल ब्याटिङमा छन्।
नेपालले फागुन पहिलो साता आइसिसी विश्वकप लिग-२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्सविरुद्धको सिरिज खेल्नुअघि क्यानडासँग तीन खेलको एकदिवसीय सिरिज खेलेको हो।