नेपाल र क्यानडाबीचको तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले क्यानडाको छैटौं विकेट लिएको छ।
नेपालले दिएको २२५ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरिरहेको क्यानडाका निकोलास किर्टनलाई पवन सरार्फले बोल्ड गर्दै नेपाललाई छैटौं विकेट दिलाए।
वेस्ट इन्डिजको लागि यू-१९ टिमबाट खेलिसकेका उनी हाल क्याडनाबाट खेलिरहेका छन्। उनले खेलमा ६८ रन जोडे।
त्यतिबेला क्यानडाले ४०.४ ओभरमा ६ विकेटको क्षतिमा १९५ रन जोडेको थियो।