नेपाल र क्यानडाबीचको तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले क्यानडाको सातौं र आठौं विकेट तीन बलको अन्तरमा लिएको छ।
नेपालले दिएको २२५ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरिरहेको क्यानडाका उदय भगवानलाई नेपालका कप्तान रोहित कुमार पौडेलले ६ रनमा बोल्ड गरे।
तीन बलपछि ललित राजवंशीले क्यानडाका साद बीन जोफरलाई एलबिडब्लूको धरापमा पारे।
त्यतिबेला क्यानडाले ४४.२ ओभरमा ८ विकेटको क्षतिमा २०७ रन जोडेको थियो भने उसलाई जितका लागि १८ रन चाहिएको थियो।