आइसिसी यू-१९ विश्वकप २०२४ को उपाधिका लागि अस्ट्रेलिया र भारतबीच प्रतिस्पर्धा हुने भएको छ।
आज भएको दोस्रो सेमिफाइनल खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई १ विकेटले पराजित गर्दै फाइनलमा भारतसँगको भेट पक्का गरेको हो।
भारत र अस्ट्रेलियाबीचको फाइनल आइतबार हुनेछ।
दक्षिण अफ्रिकामा भइरहेको प्रतियोगितामा यसअघि भारतले आयोजकलाई हराएर फाइनलमा स्थान सुरक्षित गरेको थियो।
बिहीबार दोस्रो सेमिफाइनलमा पहिले ब्याटिङ गरेको पाकिस्तान १७९ रनमा अलआउट भएको थियो।
१८० रनको लक्ष्य अस्ट्रेलियाले ५ बल खेल्न बाँकी छदा ९ विकेट गुमाएर पार गर्यो।