रुपन्देहीको तिलोत्तोमामा निर्माण भइरहेको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको उद्घाटनमा चार टिमबीच प्रतिस्पर्धा हुने भएको छ।
फागुन १४ गते चार टिमबीच हुने मैत्रीपूर्ण खेलमा पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको १९९६ को टिम, रुपन्देही लेजेन्ड्स, सन् २०१४ को टी-२० विश्वकप खेलेको टिम र रेस्ट अफ नेपाल गरी चार टिमले टी-१० फर्स्याटमा प्रतिस्पर्धा गर्ने आयोजकको भनाइ छ।
हाल नेपाल क्रिकेट संघको सचिव रहेका पारस खड्काले २०१४ को विश्वकप टिमको कप्तानी गर्नेछन्। सो टिमबाट शक्ति गौचनले पनि खेल्नेछन्।
रेस्ट अफ टिमको कप्तानी कलाम अली र १९९६ को कप्तानी एलबी क्षेत्रीले गर्नेछन्। यस्तै रुपेन्देहीको कप्तानी हरि थापाले गर्नेछन्।
व्यवसायी विनोद कुँवरले निजी लगानीमा निर्माण गरिरहेको मैदानको सम्पूर्ण काम फागुन १४ सम्ममा सकिने शक्तिले बताए। मैदानको काम सकिए पनि अहिले प्यारापिटको काम भने भइरहेको छ।