क्यानडाविरूद्ध बलिङ गरिरहेको नेपालले दोस्रो विकेट लिएको छ।
त्रिवि मैदानमा क्यानडाविरूद्धको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा पहिले बलिङ गरिरहेको नेपालले २२.२ ओभरमा दोस्रो विकेट लिएको हो।
कुशल मल्लको बलिङमा क्यानडाका ओपनर आरोन जोनशनलाई भीम सार्की र आशिफ शेखले रन आउट गरेका हुन्।
जोनशन ६२ बलमा ६५ रन बनाएर खेलिरहेका थिए। उनले १० चौका र २ छक्का प्रहार गरेका थिए।
नेपालले १८.२ओभरमा पहिलो विकेट लिएको थियो। यू-१९ बाट सिनियर टिममा डेब्यु गरेका आकाश चन्दले क्यानडाका नवनीत धलिवललाई आशिफ शेखबाट क्याच आउट गराए।
उनको बलिङमा ४६ रन बनाएर खेलिरहेका धलिवल आउट भएका हुन्।
दुई ओपनरको विकेटपछि पर्गत सिंह र निकोलश किर्टन ब्याटिङमा छन्।
२४ ओभरको खेल चलिरहँदा क्यानडाले १४३ रन बनाएको छ।