क्यानडाविरूद्धको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले पहिलो विकेट गुमाएको छ।
क्यानडाविरूद्ध जितका लागि २८६ रनको लक्ष्य पछ्याएको नेपालले पाचौं ओभरको पाचौं बलमा आशिफ शेखलाई गुमाएको हो।
आशिफ शेख क्यानडाका इशरज्वत सोहीको बलमा क्याच आउट भएका हुन्। १६ बल खेलेका आशिफले १ चौका प्रहार गरी १० रन बनाए।
उनको विकेटपछि कप्तान रोहित पौडेल ब्याटिङमा आएका छन्।