नामिबियाका जान निकोल लेफ्टी इटनले टी-२० अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक छिटो शतक बनाउने विश्व कीर्तिमान बनाएका छन्।
कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालविरुद्धको पहिलो टी-२० खेलमा उनले ३३ बलमा शतक पूरा गर्दै विश्वक कीर्तिमान बनाएका हुन्।
उनले शतक पूरा गर्दा ११ चौका र ८ छक्का प्रहार गरे।
यससँगै उनले कुशल मल्लको नाममा रहेको विश्व कीर्तिमान तोड्न सफल भए। गत वर्ष भएको एसियाली खेलकुदमा कुशल मल्लले मंगोलियाविरुद्ध ३४ बलमा शतक पूरा गरेर विश्व कीर्तिमान बनाएका थिए।